BIZMANDU
www.bizmandu.com

पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्ड अवरुद्ध, खुलाउने प्रयास हुँदै

२०८२ जेठ १४

पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्ड अवरुद्ध, खुलाउने प्रयास हुँदै
पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्ड अवरुद्ध, खुलाउने प्रयास हुँदै


काठमाडौं । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ। सल्ल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

Tata
GBIME

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेका अनुसार आज बिहान सडक माथिबाट खसेको पहिरोले बाटो बन्द भएको हो।

एक्स्काभेटर प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ। सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन रोकिएका छन्।

साना सवारीसाधनलाई वैकल्पिक बाटो कपुरकोट–लामिडाँडा तथा कपुरकोट–पाखापानी–सातबास प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। रासस