BIZMANDU
www.bizmandu.com

गभर्नर नबनाइएका ‘गभर्नर जस्ता’ मान्छे : राष्ट्र बैंकको आँगनमा ‘प्रकाश’को अधुरो यात्रा

२०८२ जेठ १४

गभर्नर नबनाइएका ‘गभर्नर जस्ता’ मान्छे : राष्ट्र बैंकको आँगनमा ‘प्रकाश’को अधुरो यात्रा
गभर्नर नबनाइएका ‘गभर्नर जस्ता’ मान्छे : राष्ट्र बैंकको आँगनमा ‘प्रकाश’को अधुरो यात्रा

काठमाडौं।  २०८१ को चैतदेखि २०८२ को जेठ पहिलो सातासम्म तीव्र आशा र अनिश्चितताको मिश्रण बनेको थियो डा. प्रकाशकुमार श्रेष्ठको मन। नेपाल राष्ट्र बैंकको गभर्नर पदको चर्चा चलिरहँदा उनको नाम कसैले पनि छुटाएका थिएनन्। 

Tata
GBIME
Nepal Life

सञ्चार माध्यमले त उनलाई बलियो प्रतिस्पर्धि मात्र मानेको थिएन, सक्षम र इमान्दार पात्रका रुपमा निरन्तर उभ्याइरहेको थियो।

मौद्रिक अर्थशास्त्रमा अमेरिकाबाट पीएचडी, अस्ट्रेलियाबाट अर्थशास्त्रमै स्नातकोत्तर, राष्ट्र बैंकका महत्त्वपूर्ण विभागहरुमा २७ वर्षको कार्य अनुभव। चर्चामा रहेका नामहरुमध्ये कसैको भन्दा कम थिएन प्रकाशको ‘सीभी’।

अझ एमाले महासचिव शंकर पोखरेल लुम्बिनीको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष र विष्णु पौडेल यसअघि अर्थमन्त्री हुँदा अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार भएर काम गरेका कारण प्रकाशको सम्भावना बलियो बनेर गएको थियो।

कानुनी अड्चन नआओस् भनेर उनी राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिन्छन्। राजीनामाको फाइल तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको टेबलसम्म पुग्छ। अधिकारी गभर्नर सिफारिस समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेललाई फोन गर्छन्।

‘प्रकाशजीको सम्भावना कति छ?,’ अधिकारीको प्रश्नमा अर्थमन्त्री पौडेलले भन्छन्- ‘राजीनामालाई अहिले निष्क्रिय राख्नुस्।’ प्रकाशलाई त्यतिबेलै लाग्यो यसपालि पनि सम्भावना सकियो। 

बालुवाटारस्थित अनुसन्धान विभागको सानो कोठाबाट फैलिन थालेका प्रकाश मौद्रिक नीति, सार्वजनिक वित्त र आर्थिक समृद्धिको योजना कोर्ने ठाउँसम्म पुगे। अन्तत: उनी जेठ १० गते अवकाश भएर राष्ट्र बैंकबाट बिदा भए।

अभावले बनाएको अर्थशास्त्री 

प्रकाशको कथा अर्घाखाँचीको छत्रदेव गाउँबाट सुरु हुन्छ, जहाँ न धनको बाहुल्यता थियो, न त सपनाहरूले उडान नै लिन्थे। बुवा भारतमा मजदुरी गर्थे, आमा खेतमा पसिना बगाउँथिन्। न धेरै सम्पन्न, न एकदमै गरिब, तर परिवारले बाँच्नका लागि संघर्ष गर्नुपर्थ्यो। 

गाउँकै स्कुलमा एसएलसी पास गरेपछि उनको मनमा इन्जिनियर बन्ने सपना पलायो। बुटवलमा साइन्स पढ्न थाले, तर भौतिकशास्त्रका शिक्षकको अभाव र आर्थिक संकटले उनको सपनालाई पुल्चोक इन्जिनियरिङ क्याम्पससम्म पुर्‍याउन सकेन।  

‘विज्ञान पढेकाले मानविकीमा जाँदा एउटा विषय गणित लिनै पर्थ्यो,’ श्रेष्ठले पुराना दिन स्मरण गर्दै भने, ‘आर्थिक अभाव भइरहेको मान्छेलाई अर्थशास्त्रले केही आइडिया देला, गरिबीको कुरा केही जानकारी होला भनेर मैले अर्को विषय अर्थशास्त्र छानें।’

‘अर्थशास्त्रको पढाइले गरिबी, रोजगारी र विकासका रहस्यहरू खोल्ने रहेछ’ भन्ने उनले बुझे। स्नातकोत्तरमा पनि देशभरीबाटै दोस्रो स्थान हासिल गरेपछि उनको आत्मविश्वास झन् चुलियो। 

सुरुमा अर्थशास्त्र उनका लागि कठिनाइले भरिएको जटिल संसार जस्तै थियो। गणितमा भने उनको मन रमाउँथ्यो। स्नातक तहमा देशभरीमै दोस्रो स्थान हासिल गरेको भन्दै रेडियोमा नाम बजेपछि उनलाई लाग्यो- म त केही रहेछु कि! यो आत्मविश्वासले उनलाई काठमाडौं डोर्‍यायो।

पाटन क्याम्पसमा अर्थशास्त्रमा स्नातकोत्तर भर्ना हुँदा विश्वम्भर प्याकुरेल, गुणनिधि शर्मा, युवराज खतिवडा, गोविन्दबहादुर थापा जस्ता चल्तीका अर्थशास्त्रीहरुले कक्षा लिन्थे। यसले रुचि बढाउँदै लग्यो। विदेशी लेखकहरूका किताब पढ्दा अर्थशास्त्रमा उनी डुब्दै गए।

‘अर्थशास्त्रको पढाइले गरिबी, रोजगारी र विकासका रहस्यहरू खोल्ने रहेछ’ भन्ने उनले बुझे। स्नातकोत्तरमा पनि देशभरीबाटै दोस्रो स्थान हासिल गरेपछि उनको आत्मविश्वास झन् चुलियो। 

नेपाल टेलिकम (तत्कालीन दूरसञ्चार संस्थान) मा सुपरभाइजरको प्राविधिक जागिरे उनलाई आफ्नो पढाइले सहयोग नगर्ने भयो। कि सुपरभाइजरमै अडिनुपर्ने नभए पढाइ अनुसारको अर्को जागिर खोज्नु पर्ने। 

राष्ट्र बैंकमा झाङ्गिए सपना

२०५२ मा राष्ट्र बैंकमा जागिर खुलेर प्रक्रिया स्थगित भएको थियो। २०५३ मा पुन: खुल्दा उनले त्यसलाई आफ्नो जीवनको सबैभन्दा ठूलो अवसर ठाने। ‘यो मेरो लाइफको सबैभन्दा ठूलो च्यालेन्ज हो। यसमा जसरी पनि नाम निकाल्नु पर्छ,’ उनले ठाने। 

राष्ट्र बैंकसँगै निजामती सेवाको अर्थशास्त्री पदका लागि पनि उनले तयारी गरे। दुवैतिर नाम निस्कियो। राष्ट्र बैंकमा ४९ जनाको विज्ञापनमा १६औं स्थान र निजामतीमा पहिलो। निजामतीको अर्थशास्त्री पद त्यसबेला यातायात वा आपूर्ति मन्त्रालयमा सीमित थियो। जहाँ उनको पढाइको उपयोग कम हुन्थ्यो। त्यसैले उनले राष्ट्र बैंक रोजे।

२०५४ मंसिर २३ मा सहायक अनुसन्धान अधिकृतको रूपमा राष्ट्र बैंकमा प्रवेश गरे। यो उनको लागि ठूलो उपलब्धि थियो। 

उनलाई लाग्न थाल्यो मेहेनत गरें, सक्रिय रहें भने एकदिन कार्यकारी निर्देशक पनि बन्नेछु। सपनाहरुलाई पच्छ्याउन थाले। उनी कार्यकारी निर्देशक मात्र भएनन् अहिले राष्ट्रिय योजना आयोगको सदस्य पनि छन्। 

‘जागिर पाउनु नै सबैभन्दा ठूलो कुरा थियो,’ उनी भन्छन्, ‘राष्ट्र बैंकमा छिरेपछि मात्र बल्ल सपनाहरू झाङ्गिन थाले।’ ४९ जना प्रतिस्पर्धीहरूसँगै उनलाई अनुसन्धान विभागको सरकारी वित्त शाखामा खटाइयो। स्नातकोत्तरमा गैर-कर राजस्वमा लेखिएको उनको थेसिस र यो जिम्मेवारीबीचको तालमेलले उनलाई उत्साहित बनायो।

तीन वर्षसम्म सरकारी वित्तमा काम गर्दा उनले सार्वजनिक वित्तको गहिरो ज्ञान हासिल गरे। तीन वर्षपछि उनको सरुवा मौद्रिक नीति शाखामा भयो।

राष्ट्र बैंकको मुटु मौद्रिक शाखा, जहाँबाट देशको रक्तसञ्चार हुन्छ। यहाँ उनले आफ्नो करियरको आधार देखे। ‘मौद्रिक अर्थशास्त्रमा केही गर्नुपर्छ,’ उनले मन मनै अठोट गरे। उनलाई लाग्न थाल्यो मेहेनत गरें, सक्रिय रहें भने एकदिन कार्यकारी निर्देशक पनि बन्नेछु। सपनाहरुलाई पच्छ्याउन थाले। उनी कार्यकारी निर्देशक मात्र भएनन् अहिले राष्ट्रिय योजना आयोगको सदस्य पनि छन्। 

राष्ट्र बैंकमा छिरेपछि नै प्रकाशले बुझे- पढाइले मात्रै करियर अगाडि बढ्छ। सन् २००३ मा उनले अस्ट्रेलियामा ‘मास्टर्स इन इकोनोमिक्स एन्ड फाइनान्स’ पढ्न छात्रवृत्ति पाए। २००४ मा फर्किएपछि उनले देखे आफ्ना सिनियरहरू- डा. युवराज खतिवडा, डा. दण्डपाणि पौडेल, डा. गोविन्दबहादुर थापा, सबैले पीएचडी गरेका छन्। ‘म पनि पीएचडी गर्नेछु,’ उनले छात्रवृत्तिका लागि आवेदन दिन थाले।   

स्नातकोत्तर गरेर फर्किएको अस्ट्रेलियाबाट पीएचडीका लागि छात्रवृत्ति नमिल्दा उनले अमेरिकातिर आँखा लगाए। पहिले स्नातकोत्तरका लागि अमेरिकाका लागि दुईपटक फुलब्राइटको अन्तर्वार्तामा पुगेर पनि असफल भएका थिए। त्यसैले पीएचडीका लागि उनले अस्ट्रेलिया रोजेका थिए। यसपालि अस्ट्रेलियाबाट सफलता हात लागेन।

‘मलाई सुरुमा ठूलो महत्त्वाकांक्षा थिएन,’ उनी भन्छन्, ‘तर काम गर्दै जाँदा बजारले मलाई प्रोजेक्सन गर्‍यो। मलाई लाग्यो, म पनि यो जिम्मेवारीको लागि योग्य छु।’  

पढाइले बढायो परिधि

‘होस्, नेपालमै पीएचडी गर्छु भनेर इनरोल पनि भएँ,’ सँगसँगै अमेरिकामा एप्लाइ गरेको उनले सुनाए। २०६५ मा उनले अमेरिकामा पीएचडीका लागि छात्रवृत्ति पाए। २०७० ताका फर्किए। त्यतिबेलै राष्ट्र बैंकमा निर्देशकका लागि आन्तरिक प्रतिस्पर्धा सुरु भयो। उनले लेखेरै नाम निकाले। 

उनको सीभी चम्कियो, बजारले उनलाई सम्भावनायुक्त व्यक्तिको रूपमा चिन्न थाल्यो। लुम्बिनी प्रदेश सरकारले त्यहाँको योजना आयोगको उपाध्यक्ष बनायो। काठमाडौं फर्किँदा कार्यकारी निर्देशक भइसकेका थिए। त्यसपछि संघीय बजेट लेख्न अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार नियुक्त भए।

नेतृत्व गर्न चाहेको पद नजिकै आएर गुमाए पनि उनको मनमा तिक्तता छैन, संयोग नै संयोगले भरिएको जिन्दगीमा कुनै दिन फेरि संयोग मिल्ला भन्ने आशा छ। ‘पद नपाउँदा पनि मेरो योगदान मेटिँदैन,’ उनी भन्छन्। 

समाजबाट प्रक्षेपित ‘गभर्नर’

अनुभवहरू बढ्दै गए। मिडियाले, समाजले उनलाई डेपुटी गभर्नर र गभर्नरको दौडमा सबैभन्दा योग्य उम्मेदवारका रुपमा प्रस्तुत गर्‍यो। 

‘मलाई सुरुमा ठूलो महत्त्वाकांक्षा थिएन,’ उनी भन्छन्, ‘तर काम गर्दै जाँदा बजारले मलाई प्रोजेक्सन गर्‍यो। मलाई लाग्यो, म पनि यो जिम्मेवारीको लागि योग्य छु।’  

डेपुटी गभर्नर र गभर्नरको नियुक्तिमा क्याबिनेट र प्रधानमन्त्रीको निर्णय निर्णायक हुन्थ्यो। ‘महासचिवज्यू र अर्थमन्त्रीज्यूसँग चिनजान थियो, तर प्रधानमन्त्रीसँग व्यक्तिगत सम्बन्ध बनेन,’ उनी सम्झिन्छन्।

मेरिटोक्रेसीको अभाव र नजिकको मान्छेलाई प्राथमिकता दिने प्रवृत्तिले उनी डेपुटी गभर्नरमा प्रधानमन्त्री केपी ओलीको रोजाइमा परेनन्। गभर्नरको दौडमा पार्टीका नेताहरुले सिफारिस गरे पनि प्रधानमन्त्रीले उनको नाममा रुचि देखाएनन्।

नेतृत्व गर्न चाहेको पद नजिकै आएर गुमाए पनि उनको मनमा तिक्तता छैन, संयोग नै संयोगले भरिएको जिन्दगीमा कुनै दिन फेरि संयोग मिल्ला भन्ने आशा छ। ‘पद नपाउँदा पनि मेरो योगदान मेटिँदैन,’ उनी भन्छन्। 

उनको कथा कुनै सिनेमाको नायकको जस्तो होइन, जहाँ अन्त्यमा सबै ठीक हुन्छ। सामान्य प्राविधिक जागिरे संयोगले अर्थशास्त्री बने, देशका लागि काम गरे। अझै पनि देशका लागि विकास योजना बनाइरहेका छन्।