BIZMANDU
www.bizmandu.com

लखनउले दिएको विशाल लक्ष्य पछ्याउँदै बेङ्ग्लुरु पहिलो क्वालिफायरमा, फाइनल पुग्न पञ्जावसँग भिड्ने

२०८२ जेठ १४

लखनउले दिएको विशाल लक्ष्य पछ्याउँदै बेङ्ग्लुरु पहिलो क्वालिफायरमा, फाइनल पुग्न पञ्जावसँग भिड्ने
लखनउले दिएको विशाल लक्ष्य पछ्याउँदै बेङ्ग्लुरु पहिलो क्वालिफायरमा, फाइनल पुग्न पञ्जावसँग भिड्ने


रोयल च्यालेन्जर्स बेङ्ग्लुरुले लखनउ सुपर जायन्टलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न लिग चरणको अन्तिम खेलमा लखनउलाई ६ विकेटले हराउँदै बेङ्ग्लुरुले पहिलो क्वालिफायरमा स्थान बनाएको हो।

Tata
GBIME

लखनउस्थित अटल बिहारी बाजपेयी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रनको विशाल स्कोर खडा गरेको थियो।

लखनउका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक अविजित ११८ रन बनाउँदा मिचेल मार्सले ६७, म्यथ्यु ब्रिटज्केले १४ तथा निकोलस पुरनले १३ रन बनाए।

बलिङतर्फ बेङ्ग्लुरुका नुवान थुसरा, भुवनेश्वर कुमार र रोमारिय शेपार्डले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लुरुले ४ विकेट गुमाएर १८.४ ओभरमा लक्ष्य भेट्टायो। बेङ्ग्लुरुका लागि कप्तान जितेश शर्माले सर्वाधिक अविजित ८५ रन बनाउँदा विराट कोहलीले ५४, फिल साल्टले ३० तथा रजत पतिदारले १४ रन बनाए।

बलिङतर्फ लखनउका विल ओरोउर्केले २ विकेट लिँदा आकाश सिंह र अभेष खानले समान १ विकेट लिए।

जितसँगै बेङ्ग्लुरुले पहिलो क्वालिफायरमा स्थान पक्का गरेको छ। १४ खेलबाट समान १९ अंक बनाउँदै शीर्ष दुईमा रहेका पञ्जाव किंग्स र बेङ्ग्लुरुले क्वालिफायर खेल्नेछन्। यो खेलमा विजेता हुने टोलीले फाइनल खेल्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ। त्यस्तै तेस्रो र चौथो क्रमश १८ र १६ अंकसहित रहेक गुजरात टाइटन्स र मुम्बई इण्डियन्सले इलिमिनेटर खेल्नेछन्। यसमा पराजित हुने टोली बाहिरिने छ भने जित्ने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ।