BIZMANDU
www.bizmandu.com

सचिव रामप्रसाद घिमिरेको चार महिना नहुँदै सरुवा, वाणिज्यमा ल्याइए, पर्यटनमा मैनाली

२०८२ जेठ १३

सचिव रामप्रसाद घिमिरेको चार महिना नहुँदै सरुवा, वाणिज्यमा ल्याइए, पर्यटनमा मैनाली
सचिव रामप्रसाद घिमिरेको चार महिना नहुँदै सरुवा, वाणिज्यमा ल्याइए, पर्यटनमा मैनाली

काठमाडौं। सरकारले चार महिना नहुँदै सचिव डा. रामप्रसाद घिमिरेको सरुवा गरेको छ। माघ २८ गते अर्थ मन्त्रालयबाट राष्ट्रपति कार्यालय पुर्‍याइएका घिमिरेलाई सोमबारको मन्त्रिपरिषद् बैठकले वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको हो।

Tata
GBIME

वाणिज्य तथा आपूर्ति सचिवका रुपमा कार्यरत गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगिएको छ। कार्कीले ९ महिनाअघि सचिवमा बढुवा हुने वित्तिकै वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएका थिए।

मन्त्रिपरिषद्ले सोमबार ९ सचिवको सरुवा गर्दा हरिप्रसाद मैनालीले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाएका छन्। उनी जनसंख्या सचिवका रुपमा कार्यरत थिए।

किरणराज शर्मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट लोक सेवा आयोग पुर्‍याइएका छन्। वित्त आयोगमा बागमती प्रदेशबाट महादेव पन्थलाई ल्याइएको छ। लोकसेवाका डिल्लीराम शर्मालाई जनसंख्या मन्त्रालय सरुवा गरिएको छ।

यस्तै महालेखा नियन्त्रक कार्यालयमा गण्डकी प्रदेशबाट रघुराम विष्टलाई ल्याइएको छ। प्रधानमन्त्री कार्यालयका चुडामणि पौडेललाई शिक्षा मन्त्रालय लगेर त्यहाँका दीपक काफ्लेलाई राष्ट्रपति कार्यालय पुर्‍याइएको छ।