BIZMANDU
www.bizmandu.com

सेयर बजार सामान्य अंकले बढ्दा विकास बैंक समूहको सूचक उचालियो, नेप्से २६७५.६२ विन्दुमा

२०८२ जेठ १३

सेयर बजार सामान्य अंकले बढ्दा विकास बैंक समूहको सूचक उचालियो, नेप्से २६७५.६२ विन्दुमा
सेयर बजार सामान्य अंकले बढ्दा विकास बैंक समूहको सूचक उचालियो, नेप्से २६७५.६२ विन्दुमा

काठमाडौं। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि सेयर बजार सामान्य अंकले बढेको छ। बजार मंगलबार अंकले ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा पुगेको छ। कारोबार रकम भने अघिल्लो दिनका तुलनामा घटेको छ।

Tata
GBIME

नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिमभार १२५ बाट १०० प्रतिशतमा झारेको थियो

वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र ट्रेडिङको सूचकले बजार बढाएको हो।

विकास बैंकको सेयर मूल्य उचालिएको छ। विकास बैंक समूहको सूचक सर्वाधिक १.६६ प्रतिशतले बढेको छ। कर्पोरेट र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य बढेर पोजेटिभ सर्किट लागेको छ। ८५ कम्पनीको मूल्य बढ्दा दुई विकास बैंकसहित ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

१६१ कम्पनीको सेयरमूल्य घट्दा तिनका लगानीकर्ताले गुमाएका छन्। गुराँस लघुवित्तको सबैभन्दा धेरै ७.०९ प्रतिशतले सेयर मूल्य घटेको छ।

सूचक सामान्य अंकले बढे पनि कारोबार रकममा गिरावट आएको छ। मंगलबार ६ अर्ब ५२ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

युनिभर्सल पावरको ६३ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, राधी विद्युतको ४७ करोड ३६ लाख र ङादी ग्रुप पावरको ४२ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यसअघि सोमबार नेप्से परिसूचक सोमबार ५.२१ अंकले २१ अंकले घटेर २६७४.७६ विन्दुमा रहँदा ७ अर्ब ५८ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको थियो।