BIZMANDU
www.bizmandu.com

भक्तजनको भेटी भन्दै महंगो गाडी र जग्गा लिने बम्जन सम्पत्ति शुद्धीकरण मुद्दामा पुगे थुनामा

२०८२ जेठ १३

भक्तजनको भेटी भन्दै महंगो गाडी र जग्गा लिने बम्जन सम्पत्ति शुद्धीकरण मुद्दामा पुगे थुनामा
भक्तजनको भेटी भन्दै महंगो गाडी र जग्गा लिने बम्जन सम्पत्ति शुद्धीकरण मुद्दामा पुगे थुनामा

काठमाडौं। आफूलाई ‘लिटिल बुद्ध’ बताउने रामबहादुर बमजनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षको लागि थुनामा पठाइएको छ।

Tata
GBIME

सोमबार जिल्ला अदालत सर्लाहीका न्यायधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो।

गत फागुनमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको थियो। उनको सम्पत्तिमध्ये ८ करोड २७ लाख ५९ हजार ४८१ रुपैयाँको स्रोत भेटिएको थिएन। भक्तहरुले दिएको दान भने पनि जुन कानुनअनुसार वैध देखिँदैन। बमजनको नाममा चितवनमा जग्गा, विदेशी मुद्रा र महंगा सवारीसाधन भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले काठमाडौंको बुढानीलकण्ठ-६ टन गाउँमा लुकीछिपी बस्दै आएका बमजनलाई पक्राउ गरेपछि उनले आश्रय लिएको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ नगद बरामद भएको थियो।

त्यहीँबाट १७ मुलुकका मुद्रा ३० लाख ९२ हजार ४ सय ६.७ रुपैयाँ बराबरको पनि भेटिएको थियो। घरको दोस्रो तलामा रहेको सेफभित्र रकम मिलाएर राखेको अवस्था भेटिएको थियो। बरामद रकममा विभिन्न बैंकबाट झिकेको ट्याग समेत थियो।

बाल यौन दुरुपयोगको मुद्दा समेत खेपेका बम्जनलाई उच्च अदालत जनकपुरले भने सफाइ दिएको छ।