काठमाडौं। विपक्षी दलहरुले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेका छन्।
आफूहरुको अवरोधकैबीच सभामुख देवराज घिमिरेले सत्तारुढ दलका तर्फबाट नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्ने समय दिएपछि विपक्षी दलका सांसदहरु नाराबाजीमा उत्रिएका हुन्।
उनीहरुले ‘गृहमन्त्री राजीनामा दे’, ‘मानव तस्करलाई कारबाही गर’ लगायत नारा लगाएका हुन्। विपक्षी दलहरुको नाराबाजीका कारण सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।