BIZMANDU
www.bizmandu.com

राष्ट्रिय अर्थतन्त्रमा बागमतीको योगदान सबैभन्दा धेरै ३६.५२ प्रतिशत, अरु प्रदेशको कति ?

२०८२ जेठ १२

राष्ट्रिय अर्थतन्त्रमा बागमतीको योगदान सबैभन्दा धेरै ३६.५२ प्रतिशत, अरु प्रदेशको कति ?
राष्ट्रिय अर्थतन्त्रमा बागमतीको योगदान सबैभन्दा धेरै ३६.५२ प्रतिशत, अरु प्रदेशको कति ?

काठमाडौं। चालु आर्थिक वर्ष गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सबैभन्दा धेरै बढ्ने प्रक्षेपण राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

कार्यालयले सोमबार सार्वजनिक गरेको प्रादेशिक जीडीपीको तथ्यांकअनुसार गण्डकीको अर्थतन्त्र ५.५१ प्रतिशतले बढ्नेछ।

आर्थिक वृद्धि कोशीको ३.३४, मधेशको ४.५०, बागमतीको ५.१८, सुदूरपश्चिमको ३.३२ र कर्णालीको ४.७४ प्रतिशत हुने अनुमान छ। चालु आवमा राष्ट्रिय अर्थतन्त्र ४.६१ प्रतिशतले बढ्ने प्रक्षेपण छ।

मुलुकको जीडीपीमा सबैभन्दा बढी योगदान भने बागमतीको रहनेछ। बागमतीको योगदान ३६.५२ प्रतिशत रहनेछ।

कार्यालयले चालु आवमा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब हुने अनुमान गरेको छ। जसमा बागमतीपछि कोशी प्रदेशको योगदान १५.९० रहने छ।

जीडीपीमा लुम्बिनीको १४.२३, मधेशको १३.१६, गण्डकीको ८.९८, सुदूरपश्चिमको ७.०३ र कर्णाली प्रदेशको सबैभन्दा कम ४.१९ प्रतिशत योगदान रहने कार्यालयको प्रक्षेपण छ।

कार्यालयका अनुसार बागमतीको जीडीपीको आकार २२ खर्ब ३० अर्ब र कर्णालीको २ खर्ब ५६ अर्ब हुनेछ।

त्यस्तै कोशीको ९ खर्ब ७१ अर्ब, लुम्बिनीको ८ खर्ब ६९ अर्ब, मधेशको ८ खर्ब ४ अर्ब, गण्डकीको ५ खर्ब ४८ अर्ब र सुदूरपश्चिमको ४ खर्ब ३० अर्ब जीडीपी पुग्ने अनुमान तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ।