BIZMANDU
www.bizmandu.com

नेपाल भित्रियो ग्लोबल ब्यूटी एकेडेमी ‘आइएसएएस’, जेठ १५ देखि नयाँ बानेश्वरमा संचालनमा आउँदै

२०८२ जेठ १२

नेपाल भित्रियो ग्लोबल ब्यूटी एकेडेमी ‘आइएसएएस’, जेठ १५ देखि नयाँ बानेश्वरमा संचालनमा आउँदै
नेपाल भित्रियो ग्लोबल ब्यूटी एकेडेमी ‘आइएसएएस’, जेठ १५ देखि नयाँ बानेश्वरमा संचालनमा आउँदै


काठमाडौं । अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षाको क्षेत्रमा बिख्यात भक्ति साप्केले ब्युटी एकेडेमीको अन्तर्राष्ट्रिय ब्रान्ड इन्टरनेशनल स्कूल अफ एस्थेटिक्स एन्ड स्पा (आइएसएएस)को शाखा काठमाडौंको नयाँ बानेश्वरमा सुरु गर्ने भएकी छन्।

Tata
GBIME
Nepal Life

आइएसएएसको भारत, दुबई, नेपाल र श्रीलंका गरि हाल ११ वटा आउटलेट संचालनमा छन्। अमेरिकामा पनि शाखा खोल्ने तयारी अघि बढिरहेको छ। करिब ४ करोड ५० लाख रुपैयाँ लगानीमा नेपालमा शाखा संचालनमा ल्याउने तयारी भएको हो।

‘हामी केवल स्कुल सुरु गर्दैछौँ भन्ने होइन। यहाँ जोशिला प्रतिभाले विश्वस्तरका तालिम, अन्तर्राष्ट्रिय प्रमाणपत्र र वास्तविक करियरको बाटो पहिल्याउन सक्नेछन्,’ साप्केले नेपाल प्रवेशबारे भनिन्।

जेठ १५ गते गणतन्त्र दिवसकै दिनबाट सुरु हुने आइएसएएस नेपाल शाखामा कोस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापन, आइल्याश एक्सटेन्सन लगायत ४५ भन्दा बढी अन्तर्राष्ट्रिय पाठ्यक्रम रहनेछन्। यी कोर्स पूरा गरेपछि विद्यार्थीले सिडेस्को (स्विट्जरल्यान्ड), पिभोट पोइन्ट (अमेरिका), एल ए पी टी (लन्डन), के एच डी ए र डी एच ए (दुबई) तथा टी भी ई टी (यूएई) जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय निकायको परीक्षा दिएर प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्।

तालिमले नेपालमै रोजगारीका अवसर सिर्जना हुने अपेक्षा छ। यहाँ सलुन, स्पा, नेल बार, ब्राइडल स्टुडियोजस्ता आफ्नै उद्यम सञ्चालन गर्न इच्छुकले उचित परामर्श र प्रशिक्षण पाउने जनाइएको छ।