BIZMANDU
www.bizmandu.com

शिवम् सिमेन्टले सार्वजनिक गर्‍यो ‘नो कम्प्रोमाइज’ क्याम्पेनको दोस्रो संस्करण

२०८२ जेठ १२

शिवम् सिमेन्टले सार्वजनिक गर्‍यो ‘नो कम्प्रोमाइज’ क्याम्पेनको दोस्रो संस्करण
शिवम् सिमेन्टले सार्वजनिक गर्‍यो ‘नो कम्प्रोमाइज’ क्याम्पेनको दोस्रो संस्करण

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘नो कम्प्रोमाइज’को दोस्रो संस्करण सुरु गरेको छ।

Tata
GBIME

नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने आफूहरुको प्रतिबद्धतालाई बलियो गरि प्रस्तुत गरेको कम्पनीले जनाएको छ।

‘नो कम्प्रोमाइज’को वाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर ठाडो हुन्छ भन्ने जनचेतनामुलक सन्देशसहित यो संस्करणको सुरुवात गरिएको हो।

शिवम् सिमेन्टले स्थापनाकालदेखि नै ओपीसी सिमेन्टमात्र उत्पादन र बिक्री गर्दै आइरहेको छ। कम्पनीले दोस्रो संस्करण अन्तर्गत सार्वजनिक गरेको भिडियोमा प्रहरीले आफ्नो कर्तव्यमा कुनै पनि ‘कम्प्रोमाइज’ नगर्ने स्थितिलाई प्रस्तुत गरिएको छ।

कम्पनीले क्याम्पेन अन्तर्गत नो कम्प्रोमाइज थिम दर्साउने विभिन्न भिडियो पनि बनाएको छ।