BIZMANDU
www.bizmandu.com

यती एअरलाइन्ससँगको सहकार्यमा ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल स्काई क्लब कार्ड’

२०८२ जेठ १२

यती एअरलाइन्ससँगको सहकार्यमा ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल स्काई क्लब कार्ड’
यती एअरलाइन्ससँगको सहकार्यमा ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल स्काई क्लब कार्ड’

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरुलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ।

Tata
GBIME

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्तरुपमा उक्त कार्डको अनावरण गरेका हुन्।

ग्लोबल स्काई क्लब कार्डवाहकहरुले यती एअरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउनेछन्। यस्तै, यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याक स्वरुप निःशुल्क टिकट पाइनेछ।

यसका साथै, ग्लोबल स्काई क्लब कार्ड लिँदा १०० प्वाइन्ट बोनस प्राप्त हुनेछ। बोनस प्वाइन्ट विभिन्न छुट तथा सुविधाहरुको लागि प्रयोग गर्न सकिनेछ। ग्लोबल स्काई क्लब कार्डमार्फत पोस वा ई–कम बाट हुने कारोबारमा पनि प्रत्येक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुने जनाइएको छ।

कार्डबाहक ग्राहकहरुले चेक–इन र बोर्डिङमा प्राथमिकताका साथै यात्रामा सामानको निर्धारित तौल भन्दा थप ५ केजी तौल लैजाने सुविधा पनि पाउने छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सबीचको यस सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने बताएका छन्। त्यसैगरी, यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सापकोटाले ग्लोबल आइएमई बैंकसँगको यस सहकार्यबाट बैंक र एअरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राहीलाई सुविधा पुग्ने बताए।