BIZMANDU
www.bizmandu.com

चेन्नइसँग शीर्ष स्थानको गुजरातको पराजयसँगै पहिलो क्वालिफायरका लागि कस्तो बन्यो समीकरण?

२०८२ जेठ ११

चेन्नइसँग शीर्ष स्थानको गुजरातको पराजयसँगै पहिलो क्वालिफायरका लागि कस्तो बन्यो समीकरण?
चेन्नइसँग शीर्ष स्थानको गुजरातको पराजयसँगै पहिलो क्वालिफायरका लागि कस्तो बन्यो समीकरण?

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा चेन्नइ सुपर किंग्सले गुजरात टाइटन्सलाई ८३ रनले हराएको छ। तालिकाको पुछारमा रहेको चेन्नइले शीर्षमा रहेको गुजरातलाई हराएसँगै पहिलो क्वालिफायरको प्रतिस्पर्धा थप रोचक बनेको छ।

Tata
GBIME
Nepal Life

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आज सम्पन्न खेलमा चेन्नइले टस जितेर ब्याटिङमा उत्रिएको थियो। चेन्नइका लागि देवाल्ड ब्रेविसले सर्वाधिक ५७ रन बनाउँदा डेभोन कोन्वेले ५२, उर्भिल पटेलले ३७ तथा आयुष मैत्रेयले ३४ रन बनाउँदा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३० रन बनाउँन सफल भयो।

गुजरातका प्रसिद कृष्णाले २ विकेट लिँदा साइ किशोर, राशिद खान र शाहरुख खानले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरात १८.३ ओभरमा १४७ रनमा समेटियो। गुजरातका लागि साइ सुदर्शनले ४१ रन बनाउँदा अर्सद खानले २० तथा शाहरुख खानले १९ रन बनाए।

बलिङतर्फ चेन्नइका अन्सुल कम्बोज र नूर अहमदले समान ३ विकेट लिँदा रवीन्द्र जडेजाले २ तथा खलिल अहमद र मथिसा पथिरानाले समान १ विकेट लिए।

शीर्षको गुजरातको पराजयसँगै क्वालिफायर पुग्ने होड अझ प्रतिस्पर्धात्मक बनेको छ। १४ खेल खेलिसकेको गुजरात १८ अंकसहित शीर्षस्थानमा छ। १३ खेलबाट समान १७ अंक बनाएका पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बेङ्ग्लुरु दोस्रो र तेस्रो स्थानमा छन्। चौथो स्थानमा १६ अंकसहित मुम्बई इण्डियन्स छ। चारवटै टोलीको क्वालिफायर खेल्ने सम्भावना छ। बाँकी खेलमा पञ्जाव र मु्म्बई खेल्न बाँकी छ। अर्थात यी दुई टोलीमध्ये विजयी हुने टोलीले क्वालिफायर खेल्ने पक्का छ। बेङ्ग्लुरुले लखनउसँग खेल्न बाँकी छ। यो खेलमा जित निकाले उसले पनि क्वालिफायर खेल्ने पक्का हुनेछ। बेङ्ग्लुरु लखनउसँग पराजित भए गुजरात पनि यथास्थितिमा पहिलो क्वालिफायरमा पुग्नेछ।