काठमाडौं। वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर लागत कम गर्दा आधार दर तल आइ कर्जा थप सस्तिन पुगेको छ।
कर्जाको माग सुस्त भइ लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदा आधार दर तल आएको हो।
तीनवटा वाणिज्य बैंकको आधार दर साढे ५ प्रतिशतभन्दा तल आएको छ। स्टान्डर्ड चार्टर्ड, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकको बेस रेट साढे ५ प्रतिशतभन्दा तल आएको हो।
स्टान्डर्ड चार्टर्डको आधार दर ५ प्रतिशतमा आइपुगेको छ। त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको ५.०४ र एभरेष्ट बैंकको ५.३८ प्रतिशतमा झरेको छ।
आधार दर घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्।
बैंकहरुको आधार दरको अवस्था
बैंक | आधार दर (प्रतिशत) |
स्टान्डर्ड चाटर्ड | ५ |
राष्ट्रिय वाणिज्य | ५.०४ |
एभरेष्ट | ५.३८ |
नेपाल | ५.८२ |
नेपाल इन्भेष्टमेन्ट | ५.९१ |
नबिल | ५.९३ |
ग्लोबल आइएमई | ६.१६ |
कृषि विकास | ६.२२ |
सानिमा | ६.३७ |
माछापुच्छ्रे | ६.४१ |
एनएमबि | ६.४३ |
सिद्धार्थ | ६.४५ |
नेपाल एसबिआइ | ६.५७ |
सिटिजन्स | ६.६३ |
हिमायलन | ६.७५ |
प्रभु | ६.७५ |
लक्ष्मी सनराइज | ६.५८ |
कुमारी | ६.८ |
प्राइम | ६.८२ |
एनआइसी | ७.२५ |