काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ विन्दुमा आएको छ। कारोबारमा आएका उत्पादन तथा प्रशोधन र ट्रेडिङ बाहेकका सूचकले बजार घटाएका हुन्।
१४८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। सिन्धु विकास बैंकको सर्वाधिक ८.२८ प्रतिशतले सेयर मूल्य घटेको छ। ९९ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन्।
ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य बढेर पोजेटिभ सर्किट लागेको छ। रिभर फल्स पावरको सेयर ७.५६ प्रतिशतले बढेको छ। बजारमा ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
राधी विद्युतको सेयर मूल्य सर्वाधिक ७१ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, युनिभर्सल पावर कम्पनी ३० करोड ३१ लाख र ङादी ग्रुप पावरको २९ करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।