काठमाडौं। वन तथा वातावरण मन्त्रालयले २७० मेगावाट क्षमताको भेरी-१ अर्धजलाशययुक्त जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रतिवेदन अनुसार आयोजनाबाट १२४ घरधुरी प्रभावित हुनेछन्। आयोजना निर्माणका लागि जाजरकोट र रुकुम पश्चिममा गरी १५२ वटा आयोजना रुख कटान गर्नुपर्ने छ।
आयोजनाले सामुदायिक सहयोग कार्यक्रमका लागि ३६ करोड ३७ हजार प्रस्ताव गरेको छ।
आयोजना जाजरकोटको नलगाढ नगरपालिका-१०, ११, १२ र १३ तथा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-४, ५ र ६ मा अवस्थित रहने छ।
मन्त्रालयले प्रतिवेदन सार्वजनिक गर्दै राय सुझाव मागेको छ। यसका लागि ७ दिनको समय दिइएको छ।
आयोजना निर्माणका ७१ अर्ब ९७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। गेजुवा ग्रपु पावर इन्भेष्टमण्ट नेपाल प्रालिले आयोजना निर्माण गर्दैछ।
आयोजनाको पिकिङ अवधि ६ घण्टा हुनेछ। आयोजनाबाट वार्षिक १ हजार ५३.३१ गिगावाट/आवर विद्युत उत्पादन हुनेछ। यो आयोजना २४.०७५ हेक्टर वन क्षेत्रमा पर्नेछ।