BIZMANDU
www.bizmandu.com

ग्वार्कोमा फ्लाईओभर निर्माण अन्तिम चरणमा, मन्त्री दाहालले भने- जेठभित्र पूरा हुन्छ

२०८२ जेठ ११

ग्वार्कोमा फ्लाईओभर निर्माण अन्तिम चरणमा, मन्त्री दाहालले भने- जेठभित्र पूरा हुन्छ
ग्वार्कोमा फ्लाईओभर निर्माण अन्तिम चरणमा, मन्त्री दाहालले भने- जेठभित्र पूरा हुन्छ

काठमाडौं। ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

Tata
GBIME
Nepal Life

सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीका अनुसार फ्लाईओभरमा भौतिक पूर्वाधारको मुख्य काम सकिएको छ। अहिले धमाधम कालोपत्रेको काम भइरहेको छ। ठेक्का सम्झौता अनुसार काम सम्पन्न हुनुपर्ने म्याद गुग्रिएको १५ महिना भइसकेको छ।

२०८० फागुन ११ मा सम्पन्न गर्ने गरी १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा आशिष समानान्तर रेलिगेर जेभीलाई फ्लाईओभर निर्माणको ठेक्का दिइएको थियो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आइतबार मन्त्रालयका सचिव केशव कुमार शर्मा र सडक विभागका महानिर्देशक रामहरि पोखरेलसहित निर्माणाधीन फ्लाईओभरको निरीक्षण गरेका छन्।

मन्त्री दाहालले जेठभित्र सबै काम पूरा हुने बताए।

‘जेठभित्र फ्लाईओभरबाट सवारीसाधन संचालन गर्ने गरी काम गरिरहेका छौं,’ उनले भने।