काठमाडौं। चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्न आज नेपाल राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक बस्ने भएको छ।
गभर्नर डा. विश्वनाथ पौडेलले अध्यक्षता गर्ने समितिले मौद्रिक नीति समीक्षा पारित गरेपछि सञ्चालक समिति बैठक डाकिने छ। सञ्चालक समिति बैठकले पारित गरेपछि संभवत भोलि बेलुकासम्म समीक्षा सार्वजनिक गरिने छ।
‘समीक्षामार्फत धेरै कुरा केही पनि परिवर्तन हुँदैन। किनभने बजेट आउँदैछ। बजेटपछि जारी गरिने आगामी वर्षको मौद्रिक नीतिले मात्र धेरै कुरा संबोधन गर्न सक्छ’ स्रोतले भन्यो, ‘नयाँ गभर्नरले आफ्नो भिजनका बारेमा केही संकेतहरु दिनु हुनेछ।’
खुला बजार, ब्याजदर, स्थायित्वका सम्बन्धमा संकेतहरू समीक्षाबाट सार्वजनिक गरिने छ।