BIZMANDU
www.bizmandu.com

हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेपछि मात्रै सेयर निष्कासन गर्न पाउने व्यवस्था गरिंदै

२०८२ जेठ ९

हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेपछि मात्रै सेयर निष्कासन गर्न पाउने व्यवस्था गरिंदै
हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेपछि मात्रै सेयर निष्कासन गर्न पाउने व्यवस्था गरिंदै

काठमाडौं । जलविद्युत कम्पनीले विद्युत उत्पादन सुरु गरेपछि मात्रै आइपीओ निष्कासन अनुमति दिने व्यवस्था गरिने भएको छ।

Tata
GBIME
Nepal Life

सकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदन कार्यान्वयनका लागि बनाएको समितिको प्रतिवेदनमा आगामी दुई वर्षभित्र यो व्यवस्था कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको हो।

पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको आयोगले जलविद्युतलाई उत्पादन सुरु गरेपछि मात्रै आइपीओ निष्कासन गर्न दिने व्यवस्था गर्न सुझाव दिएको थियो।

आयोजना सम्पन्न नहुँदै आइपीओ निष्कासन गरेर हाइड्रोपावरका संस्थापकले सेयर बजारबाट पैसा उठाउने तर लकइन सकिएपछि सर्वसाधारणलाई भिडाएर बाहिरिने विकृति देखिएपछि कडाइ गर्न लागिएको हो।