BIZMANDU
www.bizmandu.com

२७ वर्षकै उमेरमा ‘सेल्फमेड बिलिनियर’ बने मिस्टर बिस्ट, महिनामा कति कमाउँछन् ?

२०८२ जेठ ९

२७ वर्षकै उमेरमा ‘सेल्फमेड बिलिनियर’ बने मिस्टर बिस्ट, महिनामा कति कमाउँछन् ?
२७ वर्षकै उमेरमा ‘सेल्फमेड बिलिनियर’ बने मिस्टर बिस्ट, महिनामा कति कमाउँछन् ?

मिस्टर बिस्ट भनेर चिनिने जिम्मी डोनाल्डसन बिलिनियर सूचीमा समावेश भएका छन्। उनको नेथवर्थ कूल १ बिलियन अमेरिकी डलर पुगेको छ।

Vigo
GBIME
Tata

यससँगै २७ वर्षीय मिस्टर बिस्टर विश्वकै आठौं युवा बिलिनियर पनि बनेका छन्। ३० वर्ष मुनिका उनी एक्ला ‘सेल्फमेड बिलिनियर’ हुन्।

अमेरिकाको नर्थ क्यारोलिनामा घर भएका उनले त्यहीँबाटै युट्युबमा भिडियो पोस्ट गरेर आफ्नो यात्रा सुरु गरेका थिए। सन् २०१७ मा ‘आइ काउन्टेट टु १००,०००’ भिडियो पछि उनको ख्याति बढेको हो।

मिस्टर बिस्टले हाल प्रति महिना ५ करोड अमेरिकी डलर कमाउने गरेको सेलिब्रेटी नेथवर्थले उल्लेख गरेको छ।

View this post on Instagram

A post shared by MrBeast (@mrbeast)