BIZMANDU
www.bizmandu.com

हितेन्द्रदेवले दुई महिना नहुँदै दोस्रोपटक फेरे प्राधिकरणको प्रवक्ता, शिल्पकारको ठाउँमा ढकाल

२०८२ जेठ ८

हितेन्द्रदेवले दुई महिना नहुँदै दोस्रोपटक फेरे प्राधिकरणको प्रवक्ता, शिल्पकारको ठाउँमा ढकाल
हितेन्द्रदेवले दुई महिना नहुँदै दोस्रोपटक फेरे प्राधिकरणको प्रवक्ता, शिल्पकारको ठाउँमा ढकाल

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दुई महिना नहुँदै दोस्रोपटक प्रवक्ता फेरेका छन्।

Tata
GBIME
Nepal Life

प्राधिकरणको नेतृत्व सम्हालेलगत्तै राजभाई शिल्पकारलाई प्रवक्ता बनाएका शाक्यले दुई महिना नहुँदै राजन ढकाललाई जिम्मेवारी दिएका छन्।

ढकाल ग्रिड सञ्चालन विभागमा निर्देशकको रुपमा कार्यरत छन्। शाक्यले ढकाललाई दुई साताअघि विद्युत व्यापार विभागबाट ग्रिड सञ्चालन विभागमा सरुवा गरेका थिए।

चैत १४ गते चन्दनकुमार घोषको ठाउँमा शाक्यले शिल्पकारलाई प्रवक्ताको जिम्मेवारी दिएका थिए।