काठमाडौं। सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक बिहीबार १९.०४ अंकले बढेर २६८८.५ विन्दुमा पुगेको छ।
कारोबारमा आएका बैंकिङ, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा कम्पनीले बजार बढाएका हुन्। बैंकिङ सूचक सर्वाधिक ३.८ प्रतिशतले बढेको छ।
१०४ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। १४२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। बराही हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
बिहीबार सूचक बढे पनि कारोबार रकममा गिरावट आएको छ। बुधबार १० अर्ब ६९ करोडको सेयर किनबेच भएकामा बिहीबार ९ अर्ब ८२ करोड २० लाख रुपैयाँको मात्रै कारोबार भयो।
ङादी ग्रुप पावरको सबैभन्दा धेरै ६९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। राधी विद्युतको ६० करोड ७१ लाख र कुमारी बैंकको ४२ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।