BIZMANDU
www.bizmandu.com

बजेटमा अन्जन श्रेष्ठको सुझाव : लगानी प्रवर्धनका लागि करको दर घटाइनुपर्छ

२०८२ जेठ ८

बजेटमा अन्जन श्रेष्ठको सुझाव : लगानी प्रवर्धनका लागि करको दर घटाइनुपर्छ
बजेटमा अन्जन श्रेष्ठको सुझाव : लगानी प्रवर्धनका लागि करको दर घटाइनुपर्छ

काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले करका दर घटाउन र ढुङ्गा,‌ गिट्टी, बालुवाको निकासी खोल्न आग्रह गरेका छन्।

Tata
GBIME

उनले बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा करका दर धेरै हुँदा लगानीकर्ता निरुत्साहित भएको बताए। करका दर धेरै भएका कारण चोरी निकासी बढेको उनको भनाइ छ।

‘सरकारले औद्योगिक वातावरण प्रवर्धन गर्न करका दर घटाउनुपर्छ। करका दर उच्च हुँदा भन्सारमा चोरीनिकासी बढेको छ।व्यक्तिगत आयकरको दर बढी भयो। राजस्व बुझाउनसाथ कर चुक्ता प्रमाणपत्र दिने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘१०० जनाभन्दा बढीलाई रोजगारी दिनेलाई आयकरमा छुट दिए व्यावसायिक वातावरण सुधार हुन्छ।’

उनले राजस्व वृद्धिदरका आधारमा बजेटको आकार बढाउन सुझाव दिए। लगानी प्रवर्धनका लागि नीतिगत स्थिरताको खाँचो औंल्याउँदै उनले आगामी बजेटमार्फत विदेशी लगानी बढाउने नीति लिनुपर्ने बताए।

‘वनका ऐन कानुन संशोधन गरेर स्वदेशी काठको प्रयोग बढाउने व्यवस्था गर्नुपर्छ। ढुङ्गा,‌ गिट्टी, बालुवाको निकासी खोल्दा राज्यको आम्दानी बढ्छ,’ उनले भने।