BIZMANDU
www.bizmandu.com

निफ्राले ५ अर्ब रुपैयाँको ग्रिन बण्ड जेठ १८ देखि निष्कासन गर्ने, ब्याजदर ६ प्रतिशत

२०८२ जेठ ८

निफ्राले ५ अर्ब रुपैयाँको ग्रिन बण्ड जेठ १८ देखि निष्कासन गर्ने, ब्याजदर ६ प्रतिशत
निफ्राले ५ अर्ब रुपैयाँको ग्रिन बण्ड जेठ १८ देखि निष्कासन गर्ने, ब्याजदर ६ प्रतिशत

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले जेठ १८ देखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ‘निफ्रा हरित उर्जा ऋणपत्र-६ % २०८८/८९’ निष्कासन गर्न लागेको हो।

Tata
GBIME

निफ्राले अंकित मूल्य १००० रुपैयाँका दरले ५ अर्ब रुपैयाँको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो।

कुल निष्कासनमध्ये ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगतरुपमा र २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा बाँडफाँड गरिने बैंकले जनाएको छ।

लगानीकर्ताले २५ देखि १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्कासन अवधि छिटोमा जेठ २१ र ढिलोमा असार १ गतेसम्म रहनेछ।

७ वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले ६ प्रतिशत ब्याजदर पाउनेछन्।