BIZMANDU
www.bizmandu.com

सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द, धावनमार्गको पिच मर्मत गरिंदै

२०८२ जेठ ८

सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द, धावनमार्गको पिच मर्मत गरिंदै
सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द, धावनमार्गको पिच मर्मत गरिंदै

काठमाडौं। धावनमार्गको पिच चर्किएपछि सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द गरिएको छ।

Tata
GBIME
Nepal Life

धावनमार्गको पिच चर्किएका कारण मर्मत गर्नका लागि विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना  अधिकारी ज्ञानेन्द्र भुलले बताए।

‘विमानस्थको रनवेको पिच क्र्याक भएको जानकारी आयो। त्यसैले मर्मतका लागि हामीले आउँदो शनिबारसम्म विमानस्थल बन्द गर्ने जानकारी सबै वायुसेवा कम्पनीलाई दिएका छौं,’ उनले भने।

सुर्खेत विमानस्थलमा हाल काठमाडौंबाट बुद्ध र श्री एयरलाइन्सले नियमित व्यावसायिक उडान गर्दै आएका छन्। सुर्खेतबाट गमगढी, जुफाल लगायत गन्तव्यमा उडान हुने गरेको छ।