काठमाडौं। सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई आयोन भी गाडीको ब्राण्ड एन्डोर्सर बनाएको छ। कम्पनीले वर्षालाई बुधबार ब्राण्ड एन्डोर्सर घोषणा गर्दै आयोन भी गाडी हस्तान्तरण गरेको छ।
सीजी मोटर्सका महाप्रबन्धक सुशील क्षत्रीले राउतलाई आयोन भीको ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा कम्पनी उत्साहित रहेको बताए।
अभिनेत्री राउतले आयोन भीको लम्जरी, स्मार्टनेस र व्यवहारिकता आफ्नो जीवनशैलीसँग मेल खाने बताइन्। आयोन भीमा ७५.३ किलोवाटक्षमताको ब्याट्री छ जसले ६५० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ।
राउतले भनिन्, ‘यस्तो ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस गर्दैछु जसको प्रतिबद्धता नेपाललाई सफा, स्मार्ट तथा हरित भविष्यतर्फ लैजाने भन्ने छ।’