BIZMANDU
www.bizmandu.com

आर्थिक गतिविधि बढ्दैछ बजारमा, आयात १३.११ र निर्यात ७२.११ प्रतिशतले वृद्धि

२०८२ जेठ ७

आर्थिक गतिविधि बढ्दैछ बजारमा, आयात १३.११ र निर्यात ७२.११ प्रतिशतले वृद्धि
आर्थिक गतिविधि बढ्दैछ बजारमा, आयात १३.११ र निर्यात ७२.११ प्रतिशतले वृद्धि


काठमाडौं। बजारमा आर्थिक गतिविधि बढेको आयात निर्यातको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्ष १० महिनामा पोहोरको सोही अवधिको तुलनामा आयात निर्यात दुवैमा सुधारले आर्थिक गतिविध बढेको देखाएको हो।

Vigo
GBIME
Tata

भन्सार विभागका अनुसार आयात १३.११ प्रतिशतले वृद्धि भएको छ। यो वर्ष वैशाखसम्म १४ खर्ब ७४ अर्ब रुपैयाँको वस्तु आयात गरिएको छ। त्यसमध्ये १ खर्ब ६४ अर्ब ६५ करोडको आयात वैशाखमा मात्र भएको हो।

गत चैतमा पनि १ खर्ब ६४ अर्बको वस्तु आयात भएको थियो।

चालु आर्थिक वर्ष साउनमा १ खर्ब २८ अर्ब, भदौमा १ खर्ब ३४ अर्ब, असोजमा १ खर्ब २८ अर्ब, कात्तिकमा १ खर्ब २२ अर्ब, मंसिरमा १ खर्ब ४८ अर्ब, पुसमा १ खर्ब ६१ अर्ब, माघमा १ खर्ब ६६ अर्ब र फागुनमा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांक छ।

विभागका अनुसार निर्यात ७२.११ प्रतिशतले बढेको छ। १० महिनामा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँको वस्तु निर्यात भएको हो। त्यसमध्ये २९ अर्ब ७२ करोड रुपैयाँ बराबरको निर्यात वैशाखमा भएको विभागले जनाएको छ।

निर्यातमा भटमासको तेलको हिस्सा ठूलो छ। व्यापारीहरुले तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी भटमासको तेल भारतमा निर्यात गर्दै आएका छन्।