काठमाडौं। बरूण हाइड्रोपावरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हकप्रद सेयर निष्कासन गर्न बरूण हाइड्रोपावरलाई अनुमति दिएको हो।
कम्पनीले चुक्ता पुँजीको सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो। सेबोनबाट अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ छ।