BIZMANDU
www.bizmandu.com

गौशालामा एउटा बसको ठक्करले एकै ठाउँमा सात सवारीमा क्षति, बसका चालक फरार

२०८२ जेठ ७

गौशालामा एउटा बसको ठक्करले एकै ठाउँमा सात सवारीमा क्षति, बसका चालक फरार
गौशालामा एउटा बसको ठक्करले एकै ठाउँमा सात सवारीमा क्षति, बसका चालक फरार


काठमाडौं। गौशालामा बुधबार एकै ठाउँमा धेरै वटा सवारीसाधन दुर्घटनामा परेका छन्। एउटा बसको ठक्करले सात वटा सवारीमा क्षति पुगेको छ।

Tata
GBIME

काठमाडौं महानगरपालिका-८ पिङ्लास्थानमा गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस आफैं अनियन्त्रित भई दुर्घटना भएको हो।

उक्त बसले सडकमा रहेका अन्य सवारीसाधनलाई पनि क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

घटनालगत्तै बसका चालक फरार भएका छन्। बसले ठक्कर दिँदा तीन वटा कार, दुई मोटरसाइकल, एउटा माइक्रोबस र स्कुटरमा क्षति पुगेको हो।