BIZMANDU
www.bizmandu.com

सडक सुधारका लागि नागढुङ्गा-नौबिसे खण्ड दिउँसो बन्द हुने, कुन-कुन छन् वैकल्पिक रुट?

२०८२ जेठ ७

सडक सुधारका लागि नागढुङ्गा-नौबिसे खण्ड दिउँसो बन्द हुने, कुन-कुन छन् वैकल्पिक रुट?
सडक सुधारका लागि नागढुङ्गा-नौबिसे खण्ड दिउँसो बन्द हुने, कुन-कुन छन् वैकल्पिक रुट?

काठमाडौं। त्रिभुवन राजपथअन्तर्गतको नागढुङ्गा-नौबिसे खण्ड आंशिकरूपमा बन्द हुने भएको छ। नागढुङ्गा-पिप्लामोड सडक सुधार गर्नका लागि आंशिकरूपमा बन्द गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ।

Tata
GBIME
Nepal Life

उक्त सडक आगामी शनिबारदेखि बिहीबारसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ। सो अवधिमा सवारीसाधनहरू रोकेर निर्माण कार्य गरिने बताइएको छ।

सो समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधनहरू नागढुङ्गा चेकपोस्टमा र नौबिसेबाट काठमाडौंतर्फ जाने सवारीसाधनहरू खानीखोला बजारमा रोकिनेछन्। यद्यपि, दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध रुपमा संचालन हुनेछन्।

साना तथा मझौला सवारीसाधनहरूले वैकल्पिकरूपमा सीतापाईला-रामकोट-धार्के र सामाखुसी-टोखा-छहरे-त्रिशुली (विदुर)-गल्छी सडक प्रयोग गर्न सक्नेछन्।

रोकिएका सबै सवारीसाधनहरूलाई अपहान्ह ३ बजेपछि मात्र छोडिने बताइएको छ। सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न तथा लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्न योजनाले अनुरोध गरेको छ।