BIZMANDU
www.bizmandu.com

११ एसएसपीको डिआइजी बढुवाका लागि सिफारिस, पहिलो नम्बरमा कोइराला

२०८२ जेठ ६

११ एसएसपीको डिआइजी बढुवाका लागि सिफारिस, पहिलो नम्बरमा कोइराला
११ एसएसपीको डिआइजी बढुवाका लागि सिफारिस, पहिलो नम्बरमा कोइराला


काठमाडौं। प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवाका लागि ११ जनाको नाम सिफारिस भएको छ। गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डिआइजी बढुवाका लागि सिफारिस गरेको हो।

Tata
GBIME

सिफारिसमा पर्नेमा पहिलो नम्बरमा सुदर्शन प्रसाद कोइराला छन्। यस्तै, निवोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा पनि बढुवा सूचीमा परेका छन्।

दिपककुमार बस्नेत, ओमबहादुर राना, जयराम सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ पनि डिआइजी बढुवा सूचीमा परेका छन्।

सिफारिस अनुसार अब मन्त्रिपरिषद्ले नियुक्तिको प्रक्रिया अघि बढाउनेछ।