BIZMANDU
www.bizmandu.com

त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न ओलीले गठन गरे तीन सदस्यीय समिति

२०८२ जेठ ६

त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न ओलीले गठन गरे तीन सदस्यीय समिति
त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न ओलीले गठन गरे तीन सदस्यीय समिति

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति छनोटका लागि शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन्।

Tata
GBIME

उनले राष्ट्रिय योजना आयोगकी शिक्षा हेर्ने सदस्य गीताकुमारी पौड्याल र शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्ले सदस्य रहेको समिति मंगलबार गठन गरेका हुन्।

अघिल्लो सरकारमा पालामा उपकुलपति नियुक्त भएका प्रा डा केशरजंग बरालले १३ महिनामै राजीनामा दिएका थिए।

ओलीले बरालको राजीनामा चैत २८ गते स्वीकृत गरी शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई वैशाख २ गते तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए।