BIZMANDU
www.bizmandu.com

सांग्रिला मोटर्सको शोरुमसहितको ‘कार्स क्याफे’तयार, सञ्चालन कहिलेदेखि ?

२०८२ जेठ ६

सांग्रिला मोटर्सको शोरुमसहितको ‘कार्स क्याफे’तयार, सञ्चालन कहिलेदेखि ?
सांग्रिला मोटर्सको शोरुमसहितको ‘कार्स क्याफे’तयार, सञ्चालन कहिलेदेखि ?

काठमाडौं। सांग्रिला मोटर्सले नारायणहिटी संग्रहालयको उत्तरढोकामा शोरुमसहितको ‘कार्स क्याफे’ बनाउने काम अन्तिम चरणमा पुर्‍याएको छ।

Tata
GBIME

लिपमोटर, सिट्रोन र प्युजोको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले भिल्ला ७२ रेस्टुरेन्टलाई कार्स क्याफेमा रुपान्तरण गरेको हो।

रेस्टुरेन्ट लिजमा लिएर शोरुमसहित कार्स क्याफे बनाइएको कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बताए। ‘रेस्टुरेन्टलाई ३ वटा ब्रान्डका गाडीको शोरुमसहित कार्स क्याफेका रुपमा विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘अबको केही दिनमा संचालनमा ल्याउँछौं।’

अगाडिपट्टि सिट्रोन, लिपमोटर र प्युजो ब्रान्डका गाडीको शोरुम राखिएको छ भने भित्र पुराना काठले सजाइएको बार्दलीसहितको क्याफे बनाइएको छ। ठूलो स्क्रिनमा गेम हेर्न मिल्ने गरी क्याफे तयार पारिएको छ। कार्स क्याफे तयार पार्न कम्पनीले तीन महिना खर्च गरेको छ।

क्याफे परम्परागत शैली झल्काउने खालको छ। जहाँ सल्ला र निगालो, बीचमा बगैँचा रहेको भिल्ला, पुराना काठको थाम, परम्परागत टुँडाल देख्न सकिन्छ।