BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकका ग्राहकले तिलगंगा सिटी आई सेन्टरमा १५% सम्म छुट पाउने

२०८२ जेठ ६

ग्लोबल आइएमई बैंकका ग्राहकले तिलगंगा सिटी आई सेन्टरमा १५% सम्म छुट पाउने
ग्लोबल आइएमई बैंकका ग्राहकले तिलगंगा सिटी आई सेन्टरमा १५% सम्म छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र चुच्चेपाटी चाबहिलस्थित तिलगंगा सिटी आई सेन्टरबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमतीपत्रमा हस्ताक्षर भएको छ।

Tata
GBIME

समझदारी पत्रमा बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल र सिटी आई सेन्टरका प्रमुख कार्यकारी अधिकृत आस्था पन्तले हस्ताक्षर गरेका छन्।

सहमति अनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड र बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताले अस्पतालको सेवा उपचारमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्रा्पत गर्नेछन्।

यस्तै, आई सेन्टरले बैंकका ग्राहकहरुलाई आई सेन्टरको सामान्य आँखा परीक्षण, डाक्टरद्वारा सिफारिस चश्मा, शल्यक्रिया र थेरापीमा पनि १५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ।

ग्लोबल आइएमई बैंकका प्रमुख मार्केटिङ अधिकृत पोखरेलले तिलगंगा आई सेन्टरसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरेका छन्।

यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकले आँखा सम्बन्धि सम्पूर्ण स्वास्थ्य सेवा सुविधा उचित दरमा प्राप्त गर्ने र अस्पताललाई पनि स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने सेन्टरकी पन्तले बताइन्।