BIZMANDU
www.bizmandu.com

पर्यटन बोर्डमा ‘कुन्डलिनी-२’ चित्रकला प्रदर्शनी, जारी छ मासिक फोटो प्रतियोगिता पनि

२०८२ जेठ ५

पर्यटन बोर्डमा ‘कुन्डलिनी-२’ चित्रकला प्रदर्शनी, जारी छ मासिक फोटो प्रतियोगिता पनि
पर्यटन बोर्डमा ‘कुन्डलिनी-२’ चित्रकला प्रदर्शनी, जारी छ मासिक फोटो प्रतियोगिता पनि


काठमाडौं । नेपाल पर्यटन बोर्डले ‘फोटो-नेपाल’ प्रदर्शनी कार्यक्रम अन्तर्गत ‘कुन्डलिनी-२’ शीर्षकमा आयोजना गरेको एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको छ। यस्तै, ‘कुन्डलिनी योग’ पुस्तकको लोकार्पण पनि भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रदर्शनीको उद्घाटन गरेका हुन्। यसपटक चित्रकार भीमप्रसाद शर्माको तस्विरहरु प्रदर्शनीमा राखिएका छन्। उनको यो १३औं एकल चित्रकला प्रदर्शनी हो।

प्रदर्शनी जेठ १० गतेसम्म संचालन हुनेछ।

यस्तै, नेपाल पर्यटन बोर्डले संचालन गर्दै आएको फोटो नेपाल अभियानअन्तर्गत बोर्डको पोर्टलमा मासिक फोटो प्रतियोगिता समेत जारी छ। प्रतियोगितामा हरेक महिनाका उत्कृष्ट तीन तस्बिरहरूलाई जनही २५ हजार नगद पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ। नेपालका हिमाल, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र उजागर नभएका र प्रचार नपुगेका गन्तव्यहरू समेटिएका तस्बिरहरू पठाउन बोर्डले देश-विदेशका फोटोग्राफरहरूलाई आह्वान गरेको छ।

बोर्डले सन् २०१६ फेब्रुअरीदेखि सुरु गरेको ‘फोटो-नेपाल’ अभियानअन्तर्गत हालसम्म १०० भन्दा बढी कला तथा फोटो प्रदर्शनीहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।