BIZMANDU
www.bizmandu.com

बीमा प्राधिकरण अध्यक्ष शरद ओझाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले माग्यो कागजात

२०८२ जेठ ५

बीमा प्राधिकरण अध्यक्ष शरद ओझाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले माग्यो कागजात
बीमा प्राधिकरण अध्यक्ष शरद ओझाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले माग्यो कागजात

काठमाडौं। सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्तिविरुद्ध परेको रिटमा कागजात मागेको छ।

Tata
GBIME
Nepal Life

सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले ओझालाई नियुक्त गर्न लिइएका आधार सम्बन्धी कागजात झिकाउन सोमबार आदेश दिएको हो।

‘ओझाको नियुक्तिका सम्बन्धमा सर्वोच्चले थप कागजात अध्ययन गर्ने भएको छ। नियुक्ति गर्दा पेस गरेका कागजात झिकाउन सर्वोच्चले सरकारलाई आदेश दिएको छ,’ रिट निवेदक अधिवक्ता इन्दिरा धमलाले भनिन्।  

सरकारले ‌फागुन १३ गते ओझालाई प्राधिकरण अध्यक्ष नियुक्त गरेको थियो। संगठित संस्थामा काम गरेको अनुभव नभएका ओझालाई सरकारले उमेर सम्बन्धी मापदण्ड हेरफेर गरेर नियुक्ति दिएपछि अधिवक्ता धमलाले चैत १७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, सिफारिस समिति, प्राधिकरण र ओझालाई विपक्षी बनाएर अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले चैत २० गते कारण देखाउ आदेश दिएर दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।