BIZMANDU
www.bizmandu.com

२४ वर्षीय युवक नगद २० लाख रुपैयाँसहित पक्राउ, स्रोत नखुल्दा रकम हुन्डीको शंका

२०८२ जेठ ५

२४ वर्षीय युवक नगद २० लाख रुपैयाँसहित पक्राउ, स्रोत नखुल्दा रकम हुन्डीको शंका
२४ वर्षीय युवक नगद २० लाख रुपैयाँसहित पक्राउ, स्रोत नखुल्दा रकम हुन्डीको शंका

काठमाडौं। काठमाडौंको जुद्ध सालिक क्षेत्रबाट २४ वर्षीय एक युवक २० लाख रुपैयाँभन्दा बढी नगद रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाहबिसे-४ पलाती घर भइ काठमाडौंको पेप्सीकोला बस्ने २४ वर्षीय संजय बस्नेत छन्।

Tata
GBIME

उनलाई प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको हो। खानतलासी गर्दा उनको साथबाट नगद २० लाख २९ हजार ६ सय २० रुपैयाँ र हस्ताक्षर गरेको तथा खाली विभिन्न बैंकका ३० वटा चेक बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनले रकमको विश्वसनीय स्रोत खुलाउन सकेनन्। उक्त रकम हुन्डीको भएको प्रहरीको शंका छ। रकमसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।