BIZMANDU
www.bizmandu.com

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

२०८२ जेठ ५

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क
अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

बेइजिङ। चीनले अमेरिका, युरोपेली संघ (इयु), ताइवान र जापानबाट आयात हुने प्लास्टिकमा ७५ प्रतिशतसम्म शुल्क लगाएको छ। अनुसन्धानपछि एन्टी-डम्पिङ शुल्क लगाइएको बेइजिङको वाणिज्य मन्त्रालयले जनाएको हो।

Tata
GBIME
Nepal Life

नयाँ शुल्कले कारका पार्ट्स, मेडिकल उपकरण र घरेलु उपकरणहरूमा प्रयोग हुने सामान्य प्लास्टिक पोलिफर्मल्डिहाइड कोपोलिमरको आयातलाई लक्षित गर्दछ। वाणिज्य मन्त्रालयले आइतबार जनाए अनुसार ती शुल्कहरू ३.८ प्रतिशतदेखि ७४.९ प्रतिशतसम्म हुनेछन् र सोमबारदेखि लागू हुनेछन्।

नयाँ शुल्कहरू अमेरिका र चीनले एक अर्काका सामानमा व्यापक कर कटौती गरेको केही दिनपछि आएको छ। विश्व बजार र अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा हलचल ल्याएको निर्मम व्यापार युद्धमा ९० दिनका लागि अस्थायी रूपमा तनाव कम गरिएको छ।

बेइजिङले व्यापक व्यापार विवाद भएका देशहरूविरुद्ध बारम्बार एन्टी-डम्पिङ अनुसन्धान सुरु गरेको छ। अप्रिलमा चीनले फ्रान्सको निर्यात-निर्भर कोग्नाक उद्योगमा असर पार्दै इयु ब्रान्डीमा एन्टी-डम्पिङ उपायहरू लगाएको थियो। -एएफपी/रासस