BIZMANDU
www.bizmandu.com

ट्रेड टावरले जेठ १४ गतेदेखि ३२ करोड ९६ लाखको आइपीओ निष्कासन गर्दै

२०८२ जेठ ५

ट्रेड टावरले जेठ १४ गतेदेखि ३२ करोड ९६ लाखको आइपीओ निष्कासन गर्दै
ट्रेड टावरले जेठ १४ गतेदेखि ३२ करोड ९६ लाखको आइपीओ निष्कासन गर्दै

काठमाडौं । ट्रेड टावर कम्पनीले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५०० रुपैयाँ बराबरको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आइपीओ निष्कासन गर्न लागेको हो।

Tata
GBIME

सर्वसाधारणले अंकित मूल्य १०० रुपैयाँमा १० देखि अधिकतम १ लाख कित्ता सेयरका लागि २०८२ जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा गएकाहरु र सामूहिक लगानी कोषकालाई सेयर निष्कासन गरेको थियो।

आईपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ ‘डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।