BIZMANDU
www.bizmandu.com

गुजरात, पञ्जाव र बेङ्ग्लुरु आईपीएलको प्लेअफमा, बाँकी एक स्थानका तीन टोली प्रतिस्पर्धामा

२०८२ जेठ ५

गुजरात, पञ्जाव र बेङ्ग्लुरु आईपीएलको प्लेअफमा, बाँकी एक स्थानका तीन टोली प्रतिस्पर्धामा
गुजरात, पञ्जाव र बेङ्ग्लुरु आईपीएलको प्लेअफमा, बाँकी एक स्थानका तीन टोली प्रतिस्पर्धामा


इण्डियन प्रिमियर लिग (आईपीएल)मा आइतबारको नतीजासँगै तीन टोलीले प्लेअफमा स्थान पक्का गरेका छन्। आइतबार सम्पन्न पहिलो खेलमा पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले हराएको थियो। त्यस्तै दोस्रो खेलमा गुजरात टाइटन्सले केएल राहुलको शतकको बावजुत दिल्ली क्यापिटल्सलाई १० विकेटले हरायो।

Tata
GBIME

दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा गुजरातले टस जितेर पहिला फिल्डिङ रोजेको थियो। सुरुवाती ब्याटिङमा उत्रिएको दिल्लीले राहुले ११२ रनको सहयतामा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनायो। राहुलबाहेक दिल्लीका लागि अभिषेक पोरलले ३० रन बनाउँदा अक्षर पटेलले २५ तथा त्रिस्टन स्टुब्सले २१ रन बनाए। बलिङमा गुजरातका अर्सद खान, प्रसिद कृष्णा र साइ किशोरले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातले साइ सुदर्शनको शतकको सहायतामा अन्तिम ओभर बाँकी छँदै लक्ष्य भेट्टायो। सुदर्शनले अविजित १०८ रन बनाउँदा कप्तान शुभमन गिलले अविजित ९३ रन बनाए।

जितसँगै १२ खेलबाट १८ अंक जोड्दै गुजरात शीर्षमा उक्लियो। साथै, समान १७ अंक बनाएका रोयल चालेन्जर्स बेङ्ग्लुरु र पञ्जाव किंग्स समान १७ अंक बनाउँदै प्लेअफमा स्थान पक्का गर्न सफल भएका छन्। बाँकी रहेको एउटा ‘स्लट’ मा तीन टोलीको नजर छ। १४ अंक बनाएको मुम्बई इण्डियन्स, १३ अंक बनाएको दिल्ली क्यापिटल र १० अंक बनाएको लखनउ सुपर जायन्ट प्लेअफ पुग्ने होडमा कायम छन्। १२ अंक बनाएको साविक विजेता कोलकाता नाइट राइडर्स लखनउ भन्दा तालिकामा अघि रहे पनि उसले एक खेलमात्र खेल्न बाँकी रहेकाले बाहिरिसकेको छ।

आज हुने खेलमा लखनउ सुपर जायन्ट र सनराइजर्स हैदराबाद लखनउमा भिड्दैछन्। हैदारबाद प्लेअफको होडबाट बाहिरिसकेको छ भने लखनउ प्लेअफ पुग्न आजको खेल जित्नै पर्ने दवाबमा छ।