मनाङ । म्याक्सस इटेरोन ९ नेपालमा लन्च भएको छ। मनाङको ३ हजार ५१९ मिटर उचाइमा रहेको सब्जे ताल (ब्लु लेक)मा आज म्याक्सस इटेरोन ९ औपचारिक रुपमा सार्वजनिक गरिएको हो।
हिमालय अर्गनाइजेसनको सहायक कम्पनी हिमालय मोट्रक्स प्रा. लि.ले लक्जरी इलेक्ट्रिक पिकअप काठमाडौंबाट मनाङको अप्ठ्यारो र कच्चा बाटो हुँदै सब्जेमा लगेर सार्वजनिक गरेको हो।
आज सार्वजनिकक भएको यो गाडीको प्रारम्भिक मूल्य ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो मूल्य सीमित युनिटहरुमा मात्र लागू हुनेछ।
शक्तिशाली ४डब्लुडी डुअल मोटर, र एड्जस्टेबल एयर सस्पेन्सनको साथ म्याक्सस इटेरोन ९ को मनाङसम्मको यात्राले यो इभी गाडीले उचाइ र कठिन सडकमा पनि आफ्नो शक्ति देखाएको कम्पनीले जनाएको छ। मनाङमा गरिएको यो यात्राले सहरमा मात्र होइन जंगल र हिमालका लागि पनि इभी तयार छन् भन्ने सन्देश दिन सफल भएको कम्पनीको दाबी छ।
डुअल मोटर ४डब्लुडी (अगाडि: १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताको यो गाडीको टर्क ७०० एनएम रहेको छ। यसको उच्चतम् गति १९० किलोमिटर प्रतिघण्टा रहेको छ। यो पिकअपमा १०२.२ किलोवाट एलएफपी ब्याट्री रहेको छ। ४२ मिनेटमै २० देखि ८० प्रतिशत ब्याट्री चार्ज हुनेछ।
यो गाडीको ग्राउन्ड क्लियरेन्स २६० मिमी रहेको छ। इलेक्ट्रोनिक एड्जस्टेबल एयर सस्पेन्सन रहेको यो गाडीमा अल टेरेन ड्राइभ मोडहरू रहेको छ। अफरोडका लागि यो इभीले राम्रो सम्भावना देखाएको छ।
यसमा हिटेड, भेन्टिलेटेड, मसाज फिचरसहितको लुई टोन लेदर सिट रहेको छ। वायरलेस चार्जिङ, एम्बियन्ट लाइटिङ, रियर एसी भनेट्स, पानोरामिक सनरुफ, ९ वटा एयरब्याग, ३६० डिग्री क्यामरा लगायतका फिचर यसमा छन्।