BIZMANDU
www.bizmandu.com

स्याउ बोकेको गाडीबाट सुन बरामद, केरुङबाट काठमाडौं आउँदै गरेको गाडीका चालक नियन्त्रणमा

२०८२ जेठ ४

स्याउ बोकेको गाडीबाट सुन बरामद, केरुङबाट  काठमाडौं आउँदै गरेको गाडीका चालक नियन्त्रणमा
स्याउ बोकेको गाडीबाट सुन बरामद, केरुङबाट काठमाडौं आउँदै गरेको गाडीका चालक नियन्त्रणमा


काठमाडौं। अवैधरुपमा ल्याइएको सुन प्रहरीले रसुवाबाट बरामद गरेको छ।

Tata
GBIME

जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले आइतबार करिब साढे ७ किलो सुन बरामद गरेको हो। रसुवागढी नाकामा स्याउ बोकेको गाडीभित्र सुन भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी हेम शाहीले जानकारी दिए।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ। चालक बस्ने सिट नजिकै फल्सवटम बनाएर सुन राखिएको थियो।

‘स्याउ बोकेको गाडीमा सुन भेटिएको छ। करिब साढे ७ केजी भएको अनुमान छ। जोखेर परिमाण यकिन गर्न बाँकी छ,’ डीएसपी शाहीले भने।