BIZMANDU
www.bizmandu.com

सेयर बजारमा छैटौं दिन पनि गिरावट, नेप्से २६०९.०५ विन्दुमा, साढे ८ अर्बको कारोबार

२०८२ जेठ ४

सेयर बजारमा छैटौं दिन पनि गिरावट, नेप्से २६०९.०५ विन्दुमा, साढे ८ अर्बको कारोबार
सेयर बजारमा छैटौं दिन पनि गिरावट, नेप्से २६०९.०५ विन्दुमा, साढे ८ अर्बको कारोबार


काठमाडौं। लगातार गिरावट आएको सेयर बजारको अवस्थामा छैटौं दिन पनि सुधार आएको छैन। नेप्से परिसूचक आइतबार २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा आएको छ।

Tata
GBIME

पछिल्लो एक सातामा बजार ६४.६४ अंकले घटेको छ। आइतबार होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य बाहेकका उपसमूहले बजार घटाएका हुन्।

ट्रेडिङको सूचक सर्वाधिक २.६८ प्रतिशतले घटेको छ। त्यस्तै, विकास बैंकको २.२२ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ।

१४५ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ८.७१ प्रतिशतले घटेको छ।

१०० कम्पनीको सेयरमूल्य बढेको छ। ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङदी हाइड्रोपावरको सेयर मूल्य बढेर पोजेटिभ सर्किट लागेको छ।

८ अर्ब ५० करोड ९२ लाख रुपैयाँको सेयर कारोबार हुँदा नेपाल रि-इन्स्योरेन्स पहिलो नम्बरमा रह्यो। उक्त कम्पनीको सर्वाधिक ७० करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ५१ करोड ३६ लाख र राधी विद्युतको ४८ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।