BIZMANDU
www.bizmandu.com

भरत ताल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्रीसहित मेयर थापाविरुद्ध विशेषमा अर्को पनि मुद्दा दायर

२०८२ जेठ ४

भरत ताल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्रीसहित मेयर थापाविरुद्ध विशेषमा अर्को पनि मुद्दा दायर
The Commission for Investigation of Abuse of Authority (CIAA) has filed a corruption case against Chief Secretary Baikuntha Aryal, alongside Bikal Paudel and other officials at Special Court in kathmandu, Nepal on 23 Jun 2024. The decision was made during a meeting of the anti-graft body held on Friday, accusing these individuals of corruption related to the printing of excise duty stickers.


काठमाडौं। सर्लाहीको बागमती नगरपालिकामा मधेश प्रदेशका एक जना पूर्वमन्त्रीसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

Tata
GBIME

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मधेस प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तानलगायत विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार त्यस्तै मुद्दामा उनीहरुसँगै निलम्बित प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेस प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका कानुन अधिकृत गोकुल भुजेल, इन्जिनियर निरन्जन लामिछाने, नगरपालिकाका इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई विपक्षी बनाइएको छ।

प्रतिवादीहरुले माछापोखरी (भरत ताल) निर्माणको नाममा वन क्षेत्र अतिक्रमण गरि पोखरीसँगै विभिन्न गैरकानुनी संरचनाहरु निर्माण गरी साबिक वन ऐन, २०४९ एवं प्रचलित वन ऐन, २०७६ बमोजिम कसुर गरेको आयोगको ठहर छ।

अभियोगपत्रमा उनीहरुमाथि ५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ बिगो दाबी गरिएको छ। भरत तालका निर्माणकर्ता निलम्बित मेयर थापाविरुद्ध २०८० चैतमा नै भ्रष्टाचारको अर्को मुद्दा दायर भइसकेको छ।