BIZMANDU
www.bizmandu.com

वैदेशिक सहायतालाई निरन्तरता दिन स्वास्थ्यमन्त्री पौडेलको आग्रह, ‘मातृ शिशुको जीवनरक्षा प्रभावित भयो’

२०८२ जेठ ४

वैदेशिक सहायतालाई निरन्तरता दिन स्वास्थ्यमन्त्री पौडेलको आग्रह, ‘मातृ शिशुको जीवनरक्षा प्रभावित भयो’
वैदेशिक सहायतालाई निरन्तरता दिन स्वास्थ्यमन्त्री पौडेलको आग्रह, ‘मातृ शिशुको जीवनरक्षा प्रभावित भयो’


काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको मातृ शिशुको जीवनरक्षा कार्यक्रम प्रभावित भएको भन्दै वैदेशिक विकास सहायतालाई निरन्तरता दिन संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय दातृ निकायसँग आग्रह गरेका छन्।

Tata
GBIME

उनले स्वीट्जरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनको ७८औं सभा सुरु हुनुपूर्व आयोजित मन्त्रीस्तरीय गोलमेचमा सहयोग कटौतीले चुनौती सिर्जना भएको बताए।

उनले प्रजनन उमेरका करिब ५० लाख महिलाले पाइरहेको सेवा तथा ५ वर्षमुनिका १५ लाख बालबालिको पोषण कार्यक्रममा सहयोग रोकिएकाले चुनौती देखिएको बताए। उनले ३५ लाख वयस्कको प्रजनन शिक्षा तथा सेवामा समेत सहयोग कटौतीले प्रभाव पर्ने बताए।

‘प्राथमिकता परिवर्तन भएका कारण अन्य द्विपक्षीय तथा बहुपक्षीय कटौतीले नेपालमा मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन कार्यक्रम जस्ता प्रमुख स्वास्थ्य कार्यक्रम प्रभावित हुने देखिएको छ,’ मन्त्री पौडेलले भने।

मन्त्री पौडेलले स्वास्थ्य चुनौती सामना गर्नका लागि दिगो आर्थिक तथा प्राविधिक सहयोगलाईनिरन्तरता दिन राष्ट्रसंघ तथा दातृ निकायहरुसँग आग्रह गरे।