BIZMANDU
www.bizmandu.com

क्यानलाई विभाजन गर्ने विधेयक दफाबार छलफलका लागि पठाइयो पर्यटन समितिमा

२०८२ जेठ ४

क्यानलाई विभाजन गर्ने विधेयक दफाबार छलफलका लागि पठाइयो पर्यटन समितिमा
क्यानलाई विभाजन गर्ने विधेयक दफाबार छलफलका लागि पठाइयो पर्यटन समितिमा


काठमाडौं। नेपाल नागरिक उड्डयन र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दफाबार छलफलका लागि संसदीय समितिमा पठाइएको छ।

Tata
GBIME

प्रतिनिधि सभाको आइतबार बसेको बैठकले ती दुई विधेयक अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पठाएको हो। समितिमा पठाउने प्रस्ताव बैठकले सर्वसम्मतरुपमा स्वीकृत गरेको छ।

यी विधेयकमाथि अब समितिमा छलफल हुनेछ। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई विभाजन गर्न विधेयक ल्याएको हो।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गत माघ १९ गते यी दुई विधेयक संसद् सचिवालयमा दर्ता गराएका थिए।