BIZMANDU
www.bizmandu.com

जनकपुरमा अनियमितता गर्ने १८७२ व्यवसायी तथा उद्योगी नापतौल कार्यालयको कारबाहीमा

२०८२ जेठ ३

जनकपुरमा अनियमितता गर्ने १८७२ व्यवसायी तथा उद्योगी नापतौल कार्यालयको कारबाहीमा
जनकपुरमा अनियमितता गर्ने १८७२ व्यवसायी तथा उद्योगी नापतौल कार्यालयको कारबाहीमा


काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा एक हजार ८७२ उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ।

Tata
GBIME
NLIC

कार्यालयका अनुसार आफूखुसी ढक तथा तराजु र (डिजिटल) नापतौल मेसिनको प्रयोग गर्नेहरुलाई जरिवानासहित कानुनी दायरमा ल्याइएको हो।

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म गरिएको अनुगमनका क्रममा उनीहरुलाई कारबाही गरिएको कार्यालय प्रमुख सुनील यादवले जानकारी दिए।

कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापमा अनुगमन गरेको थियो । सो अवधिमा दुई हजार ३७२ जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरिएको थियो।

कार्यालयले सो अवधिमा एकल अनुगमन २९ पटक, व्यावसायिक फर्मको अनुगमन २७२ पटक, संयुक्त अनुगमन १८ पटक, व्यावसायीक फर्मको अनुगमन ४९९ पटक गरेको थियो। जसमा कार्यालयले विभिन्न शीर्षकमा रु ४१ लाख १२ हजार ८४० संकलन गरेको छ।

कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा र विभिन्न शीषर्कबाट ३० लाख ६३ हजार २४४ राजस्व संंकलन गरेको थियो। गत आर्थिक वर्षमा कार्यालयले एक हजार ९७५ कम्पनी अनुगमन गरि एक हजार ३९० कम्पनीलाई कारबाही गरेको थियो। रासस