BIZMANDU
www.bizmandu.com

डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक : एआइ प्लस, डिजिटल जनशक्ति विकास

२०८२ जेठ ३

डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक : एआइ प्लस, डिजिटल जनशक्ति विकास
डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक : एआइ प्लस, डिजिटल जनशक्ति विकास


बेइजिङ। चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५ का लागि कार्ययोजना सार्वजनिक गरेको छ। योजनामा ‘एआई प्लस’ (कृत्रिम बुद्धिमत्ताको समावेश), पूर्वाधार सुधार, डेटा उद्योग प्रवर्धन र डिजिटल दक्ष जनशक्ति विकास जस्ता प्रमुख पहलहरू समेटिएको राष्ट्रिय डेटा प्रशासनले शुक्रबार जानकारी दिएको छ।

Tata
GBIME
NLIC

योजनाअनुसार तथ्यांक स्रोतको बजार अनुकूल व्यवस्थापनलाई प्रवर्धन गरिने ,एकीकृत राष्ट्रिय तथ्यांक बजार विकास गरिने, स्थान अनुसार अनुकूल डिजिटल अर्थतन्त्रको प्रवर्धन गरिने र डिजिटल चीन निर्माणको समग्र स्तरलाई उल्लेखनीय रूपमा उकासिनेछ। सन् २०२५ को अन्त्ये सम्म चीनले डिजिटल चीन निर्माणमा महत्त्वपूर्ण प्रगति गर्ने लक्ष्य राखेको छ।

नयाँ प्रविधियुक्त उत्पादन क्षमताको विस्तारसँगै डिजिटल क्षेत्रको गुणस्तर र कार्यक्षमता उल्लेखनीय रूपमा बढाउने योजना छ। योजनाले तथ्यांकमा आधारित प्रमुख उद्योगहरूको मूल्यवृद्धि देशको कुल गार्हस्थ उत्पादनको १० प्रतिशतभन्दा बढी पुगोस् भन्ने लक्ष्य राखेको छ।

त्यस्तै एकीकृत तथ्यांक बजार निर्माणमा प्रगति गर्ने र गणनात्मक क्षमता ३०० ईएफएलओपीएसभन्दा माथि पुर्‍याउने लक्ष्य पनि रहेको छ। कार्ययोजनामा आठ प्रमुख क्षेत्र समेटिएका छन्, जसमा व्यवस्थागत नवप्रवर्तन, स्थानीय पहिचानयुक्त प्रविधिको प्रवर्धन र कृत्रिम बुद्धिमत्तामा आधारित प्रयोगहरू प्रमुख छन्।

उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालु वर्षको पहिलो त्रैमासमा चीनको डिजिटल उद्योगले करिब ८ खर्ब ५० अर्ब युआन बराबरको आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.४ प्रतिशतले बढी हो।

यस वर्षको सरकारी प्रतिवेदनमा उत्पादन प्रणालीको डिजिटल रूपान्तरणलाई तीव्रता दिने, उद्योगमा दक्षता र प्रविधिसहितको सेवा प्रदायकको विकास गर्ने र साना तथा मझौला उद्यमहरूको प्रविधिमैत्री विकासमा सहयोग बढाउने उल्लेख गरिएको छ।

-सिन्ह्वा/रासस