BIZMANDU
www.bizmandu.com

नेपाली बजारमा भित्रिन थाल्यो भारतीय आँप, थोक मूल्य नै प्रति केजी १६० रुपैयाँ

२०८२ जेठ २

नेपाली बजारमा भित्रिन थाल्यो भारतीय आँप, थोक मूल्य नै प्रति केजी १६० रुपैयाँ
नेपाली बजारमा भित्रिन थाल्यो भारतीय आँप, थोक मूल्य नै प्रति केजी १६० रुपैयाँ

काठमाडौं। नेपाली बजारमा भारतीय आँप भित्रिन थालेको छ। सिजन सुरु भएसँगै व्यापारीहरुले भारतबाट आँप ल्याउन तालेका हुन्।

Tata
GBIME

कुलेश्वर फलफूल बजारका व्यवसायी रुद्र पाठकले भारतीय आँप भित्र्याउने क्रम बढेको बताए। आँपको मूल्य गुणस्तर अनुसार फरक छ।

थोक बजारमा आँपको मूल्य प्रति केजी १२५ देखि १६० रुपैयाँसम्म रहेको पाठकले जानकारी दिए। व्यापारीले २० केजी क्रेट २५ सयदेखि ३२ सय रुपैयाँसम्मका दरले बिक्री गरिरहेका छन्।

स्वदेशी उत्पादन बजारमा नआएका कारण भारतीय आँप महँगो भएको हो। व्यापारीहरुले स्वदेशी आँप बजारमा आएपछि मूल्य घट्ने बताए। स्वदेशी उत्पादन बजारमा आउन अझै केही दिन लाग्छ।