BIZMANDU
www.bizmandu.com

पिपुल्स पावरलाई ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न सेबोनको अनुमति

२०८२ जेठ २

पिपुल्स पावरलाई ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न सेबोनको अनुमति
पिपुल्स पावरलाई ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न सेबोनको अनुमति

काठमाडौं । पिपुल्स पावर कम्पनीले हकप्रद सेयर निष्कासन अनुमति पाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको हो।

Tata
GBIME

हाइड्रोपावरले १:०.५ अनुपातमा हकप्रद निष्कासन माग गर्दै सेबोनमा आवेदन दिएको थियो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा ३१ करोड ६३ लाख रुपैयाँको ३१ लाख ६३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ।

पिपुल्स पावरको अहिले चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ छ। कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।