BIZMANDU
www.bizmandu.com

जलवायु परिवर्तनका कारण नेपालले अकस्मात बाढी पहिरो र खडेरीको समस्या भोग्नुपरेको छ : ओली

२०८२ जेठ २

जलवायु परिवर्तनका कारण नेपालले अकस्मात बाढी पहिरो र खडेरीको समस्या भोग्नुपरेको छ : ओली
जलवायु परिवर्तनका कारण नेपालले अकस्मात बाढी पहिरो र खडेरीको समस्या भोग्नुपरेको छ : ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको कारक मानिएको हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका न्यून रहे पनि असर भने धेरै भोग्नुपरेको बताएका छन्।

Tata
GBIME

सरकारको आयोजनामा शुक्रबार काठमाडौंमा सुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले जलवायु परिवर्तनका कारण नेपालमा अकस्मात बाढी पहिरो र खडेरीको समस्या निम्तिएको बताए।

‘जलवायु परिवर्तनको कारक मानिएका हरितगृह ग्यास उत्सर्जनमा हाम्रो भूमिका न्यून छ। तर, वातावरण संरक्षणमा हाम्रो योगदान महत्वपूर्ण छ। तथापि हामीले असर भने धेरै भोगिरहेका छौं। हाम्रा घरबासहरू पहिराले बगाइरहेका छन्। बाढी र खडेरी अकस्मात आउँछ, समस्या गर्छ। यसविरुद्ध हामी डटिरहेका छौं,’ उनले भने।

ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयम् मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात् गरेर विश्वव्यापी संवादका रूपमा ‘सगरमाथा संवाद’ आयोजना गरिएको बताए।